Logo

मुख्य समाचार

प्रदेश सरकारबाट पनि एमाले बाहिर


१० चैत्र २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । केन्द्र सरकारबाट २ महिनामै सत्ताबाहिर पुगेको नेकपा एमाले प्रदेश सरकारबाट पनि बाहिरिने क्रम शुरु भएको छ ।

कोशी, लुम्बिनि र गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको एमाले सरकार संकटमा पर्ने निश्चित भएको छ भने अन्य प्रदेशमा सरकारमा सहभागी भएको एमाले अब सत्ताबाहिर पुग्ने परिस्थिती निर्माण भएको छ ।

शुक्रबार मात्रै गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । यता बाग्मती प्रदेशको सरकारमा सहभागी एमाले शुक्रबारै बाहिरिएको छ । केन्द्र सरकारमा सहभागी भएको साढे २ महिनामै सत्ताबाहिर पुगेको एमाले केन्द्रमा बनेको गठबन्धनछि प्रदेश समेत प्रतिपक्षी बेञ्चमा पुगेको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार आगामी बैशाखसम्म मात्रै भएको दाबी समेत गरेका थिए । तर चैत पहिलो साता नै एमाले केन्द्रदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको हो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : ३१ बजे