Logo

मुख्य समाचार

आईजीपी नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै


१० चैत्र २०७९, शुक्रबार  

598
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।

आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् । मुख्य प्रतिस्पर्धा कुँवर र ज्ञवालीबीच हुने चर्चा छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : १८ बजे