Logo

Breaking News 1

मन्त्रालय भागबण्डामा सकस



काठमाडौँ । मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सकस पर्ने देखिएको छ । सोमबार संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । तर अहिलेसम्म भागबण्डा मिल्न सकेको छैन ।

सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव प्रधानमन्त्री दाहालले शीर्ष नेतामाझ राखेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच भएको अनौपचारिक छलफलमा संसदमा सिट संख्याको आधारमा कांग्रेसलाई ७ देखि ८, माओवादीलाई ४ देखि५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ देखि ४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई २–२, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीलाई १–१ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक खाका प्रधानमन्त्रीले पेस गरेका छन् ।

तर यो प्रस्तावमा सबै दल सहमत भने भइसकेका छैनन् । नेपाली कांग्रेसलाई अर्थ वा गृह मन्त्रालय दिनैपर्ने दबाबमा प्रधानमन्त्री दाहाल रहेका छन् । यता नेकपा एकीकृत समाजवादीले समेत गृह मन्त्रालयमा दाबी गरेको बताइन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १० : ५५ बजे