Logo

Breaking News 1

सरकारमा जाने विषयमा कांग्रेसभित्र छलफल शुरु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको नेपाली कांग्रेसभित्र सरकारमा सहभागीताबारे आन्तरिक छलफल शुरु भएको छ ।

मंगलबार बिहान मात्रै सभापति शेरबहादुर देउवाले उपसभापति पुर्णबहादुर खड्का लगाएतका नेताहरुसँग भेटवार्ता गरेका थिए । देउवा निकट नेताहरुका अनुसार सरकारमा उपसभापति खड्काकै नेतृत्वमा कांग्रेस सहभागी हुँदैछ ।

सरकारमा सहभागिताबारे कांग्रेसभित्र औपचारिक छलफल शुरु भइनसकेको भएपनि नेता शेखर कोइरालाले समेत अबको एक दुई दिनभित्र कांग्रेस सरकारमा जाने मंगलबार बताइसकेका छन् । यसले कांग्रेसभित्र सरकारमा सहभागिताका बारेमा छलफल शुरु भएको देखिएको छ ।

तर सरकारमा को को सहभागी हुने भन्ने निर्णय भने भइसकेको छैन । महामन्त्री गगन थापाले नयाँलाई अवसर दिनुपर्ने बताइसकेका छन् । तर कांग्रेसले कुन कुन मन्त्रालय पाउने भन्ने सहमति नभइसकेका कारण अहिलेसम्म सरकारमा जानेहरुको नामका बारेमा औपचारिक रुपमा छलफल भने भइसकेको छैन ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ९ : ५४ बजे