Logo

मुख्य समाचार

गठबन्धन आवद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्य बारे छलफल हुने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आवद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन् । गठबन्धन आवद्ध दलहरूले सरकारलाई पूर्णता दिने विषयमा आजदेखि छलफल सुरु गर्ने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए ।

उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : ५३ बजे