Logo

मुख्य समाचार

रवि लामिछानेविरुद्ध मुद्धा नचल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर हुने बाटो खुला



काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्धा दायर नगर्ने निर्णय गरेको छ ।

सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध मुद्धा नचल्ने निर्णय महान्यायाधिवक्ताले गरेको भएपनि यो विषय सर्वोच्च प्रवेश पाए कानूनी कारबाही शुरु हुने देखिएको छ ।

जिउँदै मानिसलाई भट्टामा हालेर जलाएको अभियोगमा जेलमा रहेका मोहम्मद अफ्ताव आलमलाई पनि तत्कालिन समयमा मुद्धा नचल्ने निर्णय भएको थियो । तर पछि सर्वोच्चमा दायर भएको रिामाथि सुनुवाई हुँदै उनीमाथि अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।

पछि आलमलाई जेल चलान गर्ने आदेश भएबमोजिम उनी अहिले पनि कारगारमै छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ११ : ३५ बजे