Logo

विश्व

रुस भ्रमणमा निस्किए चिनिया राष्ट्रपति



काठमाडौं । रुस भ्रमणमा निस्किएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

सोमबार मस्को पुगेका राष्ट्रपति सी र पुटिनबीच भेटवार्ता भएको हो । भेटमा चिनियाँ राष्ट्रपति सीले रुससँग आफ्नो देशको ‘नजिकको सम्बन्ध’ रहेको बताएको जनाइएको छ ।

अमेरिकासँगको सम्बन्धमा चीन र रुसको समेत चिसोपना आइरहेका बेला शुरु भएको सीको भ्रमणलाई महत्वका साथमा हेरिएको छ । रुसी राष्ट्रपति पुटिनलाई पक्राउ पुर्जी जारी भएका बेला चिनिया राष्ट्रपति सी रुस पुगेका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ४६ बजे