Logo

मुख्य समाचार

आजको मौसम : चार प्रदेशमा बिहानैदेखि वर्षा



काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पहाडी तथा तराईका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यो क्रम आइतबारसम्मै जारी रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ३४ बजे