Logo

मनोरञ्जन

चलचित्र पत्रकार संघमा प्रेस चौतारी हाबी, अध्यक्षमा समिर बलामी बिजयी


१८ फाल्गुन २०७९, बिहिबार  

345
Shares

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । काठमाडौं हिजो अबेर सम्पन्न २३ औं साधारण सभावाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।

उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मतमा सिमित भए ।

यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई बिजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा  प्रदीप कार्कीले ७४ मतमा सिमित भए ।

सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यहरुमा सुष्मा कार्की अनुप भट्टराईलगायत बिजयी भएका छन ।

अध्यक्ष र महासचिवलगायत अधिकांस पदमा नेकपा एमाले निकट प्रेस चौतारी आबद्ध पत्रकार बिजयी भएको माधव तिवारीले जानकारी दिए ।

बिजेताको सुची:

अध्यक्ष : समीर बलामी

उपाध्यक्ष कार्यक्रम : कुबेर गिरी

उपाध्यक्ष संगठन : विजय सुवेदी आवाज

उपाध्यक्ष महिला : सुरक्षा भट्टराई

महासचिव : रघुनाथ सापकोटा

सचिव खुला : नवीन गिरी

समावेशी सचिव : उद्धव रसाइली

समावेशी सदस्य : मोहम्मद जलिम

महिला सदस्य : सुष्मा कार्की

सदस्यहरु:

कृष्ण पाण्डे

अनुप भट्टराई

निशा बजगाई

अर्जुन गुरागाई

सिपी जैसी

सुरेन्द्र थापा

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : १० बजे