Logo

मुख्य समाचार

राष्ट्रपति निर्वाचन: आज उम्मेदवारको नाम सार्बजनिक हुने


१६ फाल्गुन २०७९, मंगलबार  

322
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएकोका नाम आज सार्बजनिक गर्ने भएको छ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने कार्यतालिका सँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो ।

गत १३ फागुनमा  नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए । उनीहरु बिरुद्ध उजुरी आब्हान गरिए पनि कुनै उजुरी नपरेको जनाएको आयोगले आज उम्मेदवारको नाम औपचारिक रुपमा सार्वजनिक गर्न लागेको हो ।

आगमी २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुदैँछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : २६ बजे