Logo

Breaking News 1

राष्ट्रपति दिने सहमतिसँगै सरकारमा सहभागी हुन कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डको आह्वान


१२ फाल्गुन २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने प्रस्ताव गदै राजनीति नयाँ यात्राका साथ सुरु भएको बताएका छन् ।

आठ दलको बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेसहितको अहिलेको सत्ता गठबन्धन भत्किएको संकेत गर्दै पुरानै गठबन्धन व्यूतिएको संकेत गरेका हुन् ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्रीकै प्रस्तावमा राष्ट्रपति कांग्रेसलाई दिने निर्णय भएको जानकारी दिए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔं । राष्ट्रिय स्वाधिनता तथा जनतालाई सेवा(सुविधा दिने कुरामा एकतावद्ध भएर जाउँ । सत्ता समिकरणमा पनि एकतावद्ध भएर जाउँ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ०६ बजे