Logo

Breaking News 1

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने ८ दलको निर्णय


१२ फाल्गुन २०७९, शुक्रबार  

0
Shares

काठमाडौँ । आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा सहयोग गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको बैठकले नेपाली कांग्रेसको उम्मेदवारलाई साझा उम्मेदवारका रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका अनुसार ८ दलले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । उनले कांग्रेसका तर्फबाट उम्मेदवारी दिनेलाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय भएको छ ।

कांग्रेसले भने राष्ट्रपतिको उम्मेदवारका बारेमा छलफल गर्न भोलि बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : ५३ बजे