Logo

मुख्य समाचार

प्रचण्ड भेट्न वालुवाटार पुगे कांग्रेस सभापति देउवा


१० फाल्गुन २०७९, बुधबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

सभापति देउवा प्रधानमन्त्री दाहाल भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । भेटवार्तामा राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्तामा माओवादीका तर्फबाट दाहालसहित नेताहरू नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत सहभागी छन् । भने कांग्रेसको तर्फबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत छन् ।

त्यसअघि सभापति देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोसपाका नेताहरुसँग समेत भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ८ : ३७ बजे