Logo

प्रविधि

मुगुको पिनामा फोरजि टावर सञ्चालन



 मुगु । मुगुको छायानाथ रारा नगरपालिका वडा नं ७ पिना गाउँमा फोरजि सेवा सुचारु भएको छ । नेपाल टेलिकम मुगु शाखा र अन्य सरोकारवाला निकायको पहलमा फोरजि टावर सेवा सञ्चालनमा आएको हो ।

नेपाल टेलिकमले सो स्थानमा फोरजी सेवा सहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि स्थानीय हर्षित बनेका छन् ।  ल्लाका चार वटै स्थानीय तहमा फोरजी सेवा सहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा छायानाथ रारा नगरपालिका वडा नं ७ मा टावर सहित फोरजि सेवा सञ्चालनमा ल्याएको हो ।  हाल, खत्याड गाउपालिकाको खमाले टुजि सहित फोरजि सेवा सञ्चालन हुने अवस्थामा रहेको नेपाल टेलिकम मुगुले बताएको छ ।

जिल्लामा टावर निर्माण गर्ने सिसिएसआई कम्पनिले जिल्लाका ४ वटै स्थानीय तहका ९ वटा स्थानमा फोरजि सेवा सहित टावर निर्माण गर्ने जिम्मा पाएको र अन्य बाकि टावर सञ्चालनमा आउने अवस्थामा रहेको नेपाल टेलिकम मुगुका कार्यालय प्रमुख गणेश डिसिले बताए ।

नमस्ते मोबाइलका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै टेलिकमले जिल्लाका एक सञ्चालन सहित बाँकि स्थानमा  टेलिफोन टावर जडानको काम थालिरहेको छ ।  निर्माणाधीन अवस्थामा रहेका बाँकी ८ वटा  पनि चाँडै सञ्चालन गर्ने तयारी गरिएको प्रमुख डिसिले बताए ।

अहिले छायानाथ रारा नगरपालिकाको वडा नम्बर ७, ८ का पिना, टोप्ला, झ्यारी चुगा गाउका स्थानीय फोरजि सेवा बाट लाभान्वित भएका छन् । नेपाल टेलिकमको टावरबाट फोरजि सेवा सञ्चालनमा आएको छायानाथ रारा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कर्ण बहादुर रावलले बताए । अहिले गाउँपालिकाका कुन कुन स्थानमा फोरजि चल्छ भनेर हेरीरहेको र कुनै ठाउँमा नचल्ने भेटिएमा तुरुन्त वैकल्पिक ब्यबस्था गर्ने कार्य भई रहेको छ ।

नेपाल टेलिकमले जिल्लामा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि अधिकांश भेगका सेवाग्राही लाभान्वित भएका छन् । यसले गर्दा कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारामा आउने आनतरिक तथा बाह्य पर्यटकहरु लाई पनि सहज हुने अपेक्षा गरिएको छ ।

विशेष गरेर  छायानाथ रारा नगरपालिका वडा नं ७ को पिना, ८ को टोप्ला झ्यारी, चुगा गाउका स्थानीय नेपाल टेलिकमको नमस्ते मोवाईलको सेवा पाउन बाट बञ्चित भएका थिए ।

विगतका वर्षहरुमा फोन गर्न पनि अग्ला अग्ला डाडा धाउने स्थानीयहरु अहिले घर बाहिर रहेका आफ्ना आफन्त, परिवार लगायत देश विदेशमा भएका घटना, राजनितिक, समाचार सन्देश बारे जान्न अन्धकार बनेका थिए । फोरजि टावर सुचारु भए पश्चात सजिलै रुपमा टाढा टाढा रहेका साथि भाई ईष्ट मित्र सँग ईन्टरनेट मार्फत घरभित्रै बसेर कुराकानी गर्न पाएको छायानाथ रारा नगरपालिका वडा नं ८ टोप्लाका स्थानीय हरिकृष्ण विष्टले बताए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : ४९ बजे