Logo

मुख्य समाचार

राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए



काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष चयनमा बिपक्षी दलहरुले साझा उम्मेदवार उठाउने बिषयमा छलफल जारी राखेका छन । सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा बैठकमा बिपक्षी दलवाट साझा उम्मेदवार चयन गर्ने बिषयमा छलफल गरिरहेका हुन । सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफनो पार्टीवाट उम्मेदवार नहुने जानकारी दिएका छन ।बिपक्षी गठबन्धनवाट उठने नेतालाई समर्थन गर्ने प्रतिवद्धता जनाएर बैठकवाट फर्केका छन । उनी पार्टीले आयोजना गरेको द्धि दिवसीय बैठकमा सहभागी हुन हिडेका छन ।

कांग्रेसले भने यसअघि नै राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिईसकेको छ । जसको समर्थनका लागि बिपक्षी दलका नेताहरुलाई बैठकमा बोलाएर धारणा मागिरहेको हो ।   यद्धपी, कांग्रेसले उम्मेदवार भने तोकेको छैन । निर्वाचन २३ माघमा हुदैँछ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ११ : २९ बजे