Logo

मुख्य समाचार

जग्गाको विवाद मिलाउन लाखौंको डिल, सीडीयोले नै फर्जि अख्तियारको व्यक्तिखडा गरी ७० लाखको डिल गरेको खुलासा



सिराहा । सिराहाबाट गोरखाकालागी सरुवा भएका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जग्गाको विवादित मिलाईदिन ठूलो रकमको ‘वार्गेनिङ’ गरेको भन्दै सिआईविले अनुसन्धान सुरु गरेको छ ।

सिरहाका तत्कालिन सीडीओ कवाडीको यहि विवादले सरुवा समेत रोक्का गरी सेवाग्राहीसंग जग्गा विवाद मिलाउन लाखौं रकम डिल गरेको अडियो फेला परेपछि सिआइवीले उनीमाथी अनुसन्धान सुरु गरेको हो ।

जग्गाको विवाद मिलाउन सीडियोसँग पहिलो चरणमा कुरा गर्दा एक करोड रुपैयाँबाट ‘वार्गेनिङ’ सुरु भएको स्रोतले बताएको छ । सोही जग्गामा सेवाग्राहीको भाइको छोराले यसमा मेरो पनि अंश रहेको र मेरो काकाले यो जग्गा एकलै हडफिन् खोजको भन्दै उनले जिल्ला प्रशासन कार्यालय सिराहामा निवेदन दिएको थियो । सोही निवेदनको आधारमा सीडीयोले जग्गाधनीलाई विभिन्न किसिमको धाक धम्की देखाएर अनत्यमा आर्थिक वार्गेनिङ सुरु गरेको स्रोतले जनाएका छन् ।

डिल अगाडी नबढेपछि सीडीयोले नै फर्जि अख्तियारको अधिकारी पुस्पेन्द्र नामका व्यक्तिखडा गरी नयाँ डिल सुरु गरेको थियो । उनी सप्तरी राजविराजका निर्माण व्यसायी हाल लाहान स्थित कोठा भाडामा बस्दै आइरहेको स्रोतले बताएको छ । उनले सेवाग्राहीसँग आफू अख्तियारको ठुलो हाकिम रहेको भन्दै सेवाग्राहिसँग पैसाको वार्गेनिङ सुरु गरिएको स्रोतले बताएका छन् ।

सेवाग्राहिसँगको पटक पटकको छलफल पछि ७० लाखमा ‘डिल’ भएको थियो । सेवाग्राहिले एकैपटक तिर्न नसक्ने भनेपछि एक महिनामा ५ किस्ता बनाएर बुझाउने सेवाग्राहि र विचौलियाविच बार्तालाप भएको थियो ।

जमिनको मुद्दा मिलाउन सेवाग्राहि र सीडीयोसँग भएको वार्तालाप

सेवाग्राही– अहाँ जरे भेट करैला आवके छलै सर । (तपाईसँग भेट्न आउँ भनेको सर)। 
सीडीयो कवाडी– आई फूर्सद नै है, काईल अपने आईल जाउ । (आज फूर्सद छैन तपाई भोली विहान भेट्न आउनुस्) । सर हम पुस्पेन्द्रजौडे (सीडीयोले खडा गरेको विचौलिया) बात करलियै। सर मैले पुस्पेन्द्र सँग कुरा गरें। 

सीडीयो– उ के आद्मी है हमरा कोनो सम्मझेमे नई आरहल है । सायद उपर से आईल है, आन्दाज । यी आदमी हमरा ज्यादे पे्रसर करहल है । गृह स:,आ टङ्गालो स खवर आईव रहल है। ‘किन कार्वाही भईरहेछैन, के हेरेर वसिरहेछ’ भन्दै गृहस सेहो प्रेसर आईवरहल है । हम कहली ‘कार्वही भईरहेछ, प्रक्रियामा छ कहली हम।
(उ को मान्छे हो मैले पनि चिन्न सकेको छैन। सायद माथिबाट आएको हो । यो मान्छेले मलाई साह्रै पे्रसर गरिरहेको छ । गृहबाट र टंगालबाट पनि फोन आईरहेको छ। ‘किन कार्वाही भईरहेछैन, के हेरेर वसिरहेछ’ भन्दै गृहबाट पनि प्रेसर आईरहेको छ । मैले ‘कार्वाही भईरहेछ, प्रक्रियामा छ भनेको छु।’)

सेवाग्राही– हमरा उनका (पुस्पेन्द्र) पर विश्वास नै भरहल है । अहिजोरे वार्गेनिङ्ग कैरती ।
(मलाई उनी (पुस्पेन्द्र)संग विशवास भईरहेको छैन । तपाई सँगै बार्गेनीङ्ग गर्न पाए हुन्थ्यो।) 

सीडीयो – ऐहन बात फोन पर नै करु, काईल आउँ भेटेके बात करैछी । यना फोनमे बात कके नै फसाउ । ईबात फोनपर नै करु । काईल आउ, सात बजे बैसक बात करैछि । 
(यस्तो कुरो फोनमा नगरौं, भोली आउनु भेटेरै कुरो गरौं । इस्तो कुरो फोनमा गरेर फसाउने काम नगरौं । भोली विहानै आउनु वसेरै कुरा गरौंला ।) 

पुस्पेन्द्र र सेवाग्राहिविच भएको कुराकानी

पुस्पेन्द्र–म काठमाडौं मै छु । जिल्लाले सीआईवीमा मेल पठाई दिएको छ । मेल हेरेर सलट्याएर आउँछु । तपाइँहरु पनि सम्पर्कमा आउनु भएन । मेल आएको छ ।
 
सेवाग्रही – हामीलाई पैसा संकलन गर्न टाईम लाग्यो । 

पुस्पेन्द्र – म मेल हेरेर भन्छु । यति दिनसम्म पर्खिनु भयो, अझै एकदिन पर्खिनुस् । मैले अनुसन्धानको सचिवसँग कुरा गरेको छु। जिल्लाबाट केही हुँदैन । म विभिन्न कामले व्यस्त रहेँ।।म जुनसुकै ठाउँमा पनि भेटौला।  तपाइँकै घरमा पनि भेटौंला ।

सेवाग्रमही – मलाई वुवाले जम्मा ७० लाखमा ‘डिल’ भएको कुरा सुनाउनु भएछ वास्तविक केहो ? पुस्पेन्द ६७ लाख जिल्ला र माथी सम्मलाई भो, ।

सेवाग्राही – अनि तपाईलाई व्यतिगत ३ लाख दिनुपर्ने भनिएको छ । पाँच किस्तामा तिर्ने सहमति पनि भएको थाहा पाए । सीडियोले तपाईंको नम्वर दिनुभयो । हामीले तपाईं भनेको पनि सीडियो नै हो भन्ने बुझ्छौं। 

पुस्पेन्द्र – तपाईंहरुले जिल्लामै मिलाउन पर्थ्यो । तपाईंहरु जिल्ला छोडेर माथि जानु भयो । अहिले फेरी जिल्ला मै फर्काउने भएपछि तपाईंहरुलाई महगो पर्यो । फर्काउँदा पनि विभिन्न खर्चहरु भएको छ । 

सेवाग्राही – पहिलो किस्तामा कति दिने भन्ने ‘कनफ्यूजन’ भयो  कति दिने भन्ने हो ।
 
पुस्पेन्द्र – हामीले किस्ता भनेपनि एक महिनामा तपाईहरुले जति जति सकिन्छ,  दिंदै जानु होला । तर पहिलो किस्तामा १६ लाखभन्दा माथि दिनुहोला । 

सेवाग्राही – हामी १० लाखसम्म दिने भनिरहेको थिएँ । तर १४ लाख लिएर भोली आउँछु ।

घटना यस्तो हो:

करिव २०५९ सालमै माओवादी द्धन्दकालकै बेला जिल्लाको मिर्चैया नगरपालिका ६ का राजेश्वर साह र तत्कालिन माओवादी नेता स्व. रामप्रताप साहविचको जग्गा विवाद मिलाउन त्यतीवेला माओवादीमै रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) का अध्यक्ष समेत रहेका सिरहा नगरपालिका ७ का नागेन्द्रकुमार पासवान (ज्वाला सिंह) र माओवादीकै केहि नेताहरुले उनीहरुसंग ९५ हजारको कपाली र २४ कठ्ठा जग्गा समेत नागेन्द्रको नाममा पास गरिएको स्रोतले जनाएको छ । २० वर्षपछि राजेश्वरले माओवादी नेताहरुलाई गुहार गरे पश्चात नागेन्द्र कुमार पासवान (ज्वाला सिंह)संग व्यापक छलफल र पहल गरेपछि पटक–पटकगरी जम्मा ७ कठ्ठा जग्गा फिर्ता गरेपनि १७ कठ्ठा जग्गा भन्ने अझै उसकै नाममा रहेको स्रोतले बताए ।

पासवानले १४ जेठ २०७६ मा सिरहाको साविक रामनगर गाविस ६ (क) को कित्ता नं. १४७६ (हाल मिर्चैया नगरपालिका ६ को तीनकठ्ठा आठ धुर जग्गा २० लाख रुपैयाँ र ८ भदौ २०७५ मा कित्ता नं. १२५२ को चार कठ्ठा तीन धुर जग्गा २० लाख गरी ४० लाख रुपैयाँ थैली राखी रामनगर ६ का राजेश्वर प्रसाद साहलाई बिक्री (उनकै जग्गा फिर्ता गरेको) गरेको मालपोतको श्रेस्तामा उल्लेख छ ।

तत्कालीन भूमिगत पार्टी नेकपा माओवादीमा रहेकै बेला जयकृष्ण गोइतले माओवादीमा तराईको बारेमा विमति राख्दै २०६१ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेपछि गोइतसँगै पासवान पनि भुमिगत समुहमा लागेका थिए । त्यहि जमिनको विषयमा गोइतसंग पनि पार्टीमा विवाद र दवाव बढेपछि पासवान जयकृण गोइतसँग छुटिएको माओवादी नेताहरु बताउँछन् ।

‘दाजुभाईको विवादमा रहेको जग्गा तत्कालिन माओवादीले झगडा मिलाउने नाममा नागेन्द्र पासवानको नाममा राखेको माओवादीका नेताहरु बताउँछन् । जमिन महगो हुँदै गएपछि पासवानमा कुनियत देखिदै गएपछि पार्टीनै छोडेर हिडेको माओवादी नेताहरुको भनाई छ ।’

गोइतले पनि सोहि जग्गा फर्काउन भनेपछि उनी गोईतसँग पनि छुट्टिएर आफ्नै नेतृत्वमा दुई वर्षपछि २०६३ सालमा नागेन्द्रले जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) समूह गठन गरेको थियो । प्रहरीले खोजी गरिरहेका पासवान परिवारसहित भारतको बिहार प्रान्तमा बस्दै आएको बताइन्छ ।

स्रोतका अनुसार, ‘ज्वाला सिंहले फिर्ता गरेको ७ कठ्ठा जग्गामा जग्गा धनीको भाई स्व. विन्देश्वर साहको छोरा रोहित साहले केहि राजनितिक व्यतिहरुको उक्साहटमा करिव ६ महिना अगाडी जिल्ला प्रशासन कार्यालयमा अंश दिलाइ दिन निवेदन दिएको थियो । निवेदन दिए पश्चात सिडियोले यो डिल करिव ६ महिना देखि गरिरहेको स्रोतको दावी छ ।

जग्गाको अहिलेको बजार मुल्य (मार्केट भ्यालु) करिव ७ करोडको रहेको स्रोतले बताएका छन् । यसमा अख्तियार र सीवीआईले पनि सेवाग्राहिलाई सघाउँदै आएको स्रोतको भनाई छ । सीडीयो कवाडी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन् ।

  • न्युज कारखाना

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १० : ३४ बजे