Logo

Breaking News 1

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । आज उनलाई बाँकेबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।

६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो । कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्कीतर्फ जाँदै गएको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो ।

 

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ३ : ०८ बजे