Logo

समाचार

निर्वाचनमा अन्तरघात गर्नेहरुमाथि स्पष्टीकरण सोध्दै जसपा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तरघात गर्नेहरुमाथि स्पष्टीकरण सोध्ने कामलाई तिव्रता दिएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानविन समितिले जिल्ला जिल्लामा पुगी निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरुको विवरण संकलन गर्ने र बयान लिने कार्य गरिरहेको छ ।

पार्टी प्रचार विभागले जनाए अनुसार समितिको टोलीले मोरङ, सप्तरी, सिराहा, महोत्तरी र धनुषामा पुगी आरोपितहरुबारे सत्यतथ्य बुझ्ने कार्य गरिरहेको छ। टोली बुधबार सर्लाहीको मलङ्गवा पुगेको थियो ।

पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यदेखि स्थानीय तहका नेताहरुमाथि निर्वाचनमा अन्तरघातको आरोप लागेको छ ।

पार्टीको राजनीतिक समितिको बैठकले छानविन समितिलाई आफ्नो कार्य सम्पन्न गर्न माघ मसान्तसम्मको समय सीमा दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १० : २३ बजे