Logo

मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न मुख्यमन्त्री कार्की आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

भेटवार्तामा प्रदेश १ मा सरकार विस्तारलगायत समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १० : २६ बजे