Logo

मुख्य समाचार

माओवादी केन्द्रको स्थायी समिति आज पनि, बिभागहरुले पुर्णता पाउने



काठमाडौं । सत्तारुढ माओवादी केन्द्रको स्थायी कमिटिको बैठक आज पनि जारी रहने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकवाट ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतका पुर्ण पाठ नपाएसम्म रवि लामिछानेलाई पुन: गृहमन्त्री दिन नहुने’ म्यान्डेट पाईरहेको बेला सो बैठक बस्न लागेको हो ।

माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी बिभागलाई पुर्णता दिने बारेमा बुधवार देखी छलफल हुने बुझिएको छ । सोही अनुसार स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई बिभिन्न बिभागको जिम्मेवारी दिईदैछ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : १८ बजे