Logo

Breaking News 1

हिजोदेखि सुरु भएको माओवादी स्थायी समिति बैठक आज पनि बस्दै



काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए ।

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ४२ बजे