Logo

मुख्य समाचार

उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा राप्रपाको दाबी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ।

सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा दाबी राख्दै आएको छ।

एक/दुई दिनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन् । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । राप्रपाका एक पदाधिकारीले दिएको जानकारीअनुसार अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना बलियो छ ।

प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन् । प्रदेशहरूमा पनि राप्रपाका सांसद छन् । सत्ता साझेदार अन्य दल भने राप्रपालाई ३ मन्त्रालय दिन तयार देखिन्छन् । राप्रपाले बागमतीको सभामुख पाउने सत्ता साझेदार दलभित्र सहमति छ । त्यसका लागि राप्रपाले उम्मेदवारीसमेत दिइसकेको छ ।

केन्द्रमा अरू मन्‍त्रालय कुन–कुन लिने भन्नेबारे पार्टीमा आन्तरिक छलफल हुन बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ५५ बजे