Logo

खेलकुद

मेस्सीको गोलमा पीएसजीको जित



काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । विश्व विजेता लियोनल मेस्सीले विश्वकप पछि खेलेको खेलमा पीएसजीले जित निकाल्न सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोल अन्तरले हरायो । पीएसजीका लागि खेलको पाँचौं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० गोलको जित दिलाए ।

जितसँगै पीएसजीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । लिगमा १८ खेल खेलेको पीएसजीको ४७ अंक छ । दोस्रो स्थानको लेन्सको ४१ अंक छ । पराजित एन्जर्स ८ अंक जोडेर तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ८ : १७ बजे