Logo

मुख्य समाचार

एमालेका राजेन्द्र रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त, भोलि शपथ लिने



धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एमाले)का राजेन्द्र रावल नियुक्त भएका छन् । बुधबार साँझ मुख्यमन्त्रीमा दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

सहमतिअनुसार उनको कार्यकाल साढे दुई वर्षको हुनेछ । त्यसपछि माओवादीका खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् ।

 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ०२ बजे