Logo

प्रदेश

सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठक बस्दै



धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठनलगायतका विषयमा रणनीति बनाउन कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बिहान साढे १० बजे बैठक बोलाएका हुन् ।

बिहान ८ बजे बोलाइएको बैठक साढे १० बजेका लागि सारिएको हो। संसदीय दलका नेता धनगढी नपुगेकाले बैठक सारिएको हो ।

प्रदेशसभा सदस्य प्रकाश बमले समसामयिक विषयमा छलफल गर्न दलको बैठक आह्वान गरे पनि दलको नेता नपुग्दा केही घण्टाका लागि बैठक सारिएको बताए ।

उनका अनुसार बैठकमा प्रदेश सरकार गठन, सभामुखको मनोनयन लगायतका विषयमा छलफल हुनेछ। प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको आज साँझ ५ बजे सकिँदैछ ।

निर्धारित समयभित्रै मुख्यमन्त्रीमा सत्तारुढ गठबन्धनका तर्फबाट एमालेका राजेन्द्र रावलले दाबी पेस गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ९ : ४१ बजे