Logo

खेलकुद

ग्रिनफिल्ड जुनियर उसु माघमा



काठमाडौं । कालभैरब उसु क्वानले माघ ९ देखि ११ गते सम्म त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा ४० भन्दा बढी क्वानका करिब ३ सय खेलाडी सहभागी हुने कार्यक्रमका संयोजक अमर पुलामी मगरले जानकारी गराए । प्रतियोगितामा सान्सौ विधामा १८ र थाउलु विधामा १७ गरी कुल ३५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

कालभैरब उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठले जुनियर बाटै भविष्यमा प्रतिभावान खेलाडी पहिचान गर्न सकिने र अरुलाई पनि यस्तो प्रतियोगिता आयोजना गर्न उत्प्रेरित गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए । यस प्रतियोगिताले खेलाडीहरुमा नयाँ जोस र उर्जा थपिनुका साथै खेल स्तर वृद्धमा समेत टेवा पुग्ने अध्यक्ष श्रेष्ठले बताए ।

करिब ९ लाख ९४ हजार अनुमानित बजेटमा हुन लागेको कालभैरब उसु क्वानका कोषाध्यक्ष विजय सिन्जालिले जानकारी गराए । प्रतियोगितामा प्रथम, द्वीतिय र तृतीय हुने टिमलाई शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने साथै थाउलु र सान्सौ विधाका उत्कृष्ट महिला र पुरुष खेलाडीलाई ट्रफीसहित सम्मान गर्ने क्वानका सचिव हरिप्रसाद गोलेले जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : २० बजे