Logo

मुख्य समाचार

सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्दै रञ्जिताले भनिन्– बन्दी रिहाइबिना मन्त्रालय नछिर्ने


२६ पुस २०७९, मंगलबार  

0
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने माग गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ नभएकाले सरकारमा जान छेकबार भएको बताइन् ।
‘सुदूरपश्चिम सरकारमा हाम्रो नेतृत्वमा नै बनोस् । सरकारमा सहभागी हुन हामीलाई छेकबार छ,’ उनले भनिन् ।

बन्दी रिहाइका लागि दयाको भिख पनि नमागिएको उनले बताइन् । समयमा नै न्याय दिन उनले आग्रह गरिन् ।
उनले मतदाताहरुले सम्पूर्ण बन्दीको रिहाइबिना मन्त्रालयको दैलो नटेक्नु भनेर खबरदारी गरिरहेको बताइन् । सरकारलाई समर्थन गर्ने तर बन्दीहरुको रिहाइ नहुन्जेलसम्म प्रतिपक्षमा बस्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ४ : ३४ बजे