Logo

समाचार

प्रचण्डलाई विश्वासको मत दिए महाभुल हुनेछ :नैनसिंह महर



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरे महाभुल हुने बताएका छन् । उनले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रचण्डलाई विश्वासको मत दिन नहुने बताए ।

निर्वाचन अगाडि कांग्रेस केन्द्रीय समितिको बैठकमा गठबन्धन भुल हुन्छ भनेको थिएँ’, महरले सामाजिक सञ्जालमा भनेका छन्,‘आज फेरि भन्छु, सरकारलाई कांग्रेसले समर्थन गर्नु भनेको महाभुल हुनेछ ।’ उनले संसदीय व्यवस्थाभित्र रहेको पक्ष र प्रतिपक्षको संवैधानिक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पार्टीका पदाधिकारी र सांसदलाई आग्रह गरेका छन् । बाँकी समीक्षा केन्द्रीय समितिको बैठकमा हुने उनको भनाइ छ ।

 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १२ : ५२ बजे