Logo

मुख्य समाचार

लोसपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । महन्थ ठाकुर नेतृत्वले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले बताए । पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन् । लोसपासँग चार जना सांसद छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १२ : १२ बजे