Logo

मुख्य समाचार

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भूसाल



काठमाडौँ । नेकपा(एमाले) परित्याग गरेर प्रतिनिधिसभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन् । स्रोतहरूले बिहीबार उनी औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको बताएका छन् ।
१/२ दिनमा यस विषयमा औपचारिक घोषणा हुनेछ, भूसालनिकट स्रोतले भन्यो, अहिलेसम्म भएको तयारीअनुसार बिहीबार औपचारिक कार्यक्रम हुन्छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक(पटक छलफल गर्दै आएका थिए ।

अनौपचारिक छलफलमा नेकपा (एकीकृत समाजवादी) का सबैजसो नेतारकार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनुभएको तत्परता सकारात्मक छ‚ भूसालले प्रवेशका लागि तयार पारेको‚ कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्तावु मा उल्लेख गरिएको छ ।

 

 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १२ : ०१ बजे