Logo

मुख्य समाचार

काभ्रे बस दुर्घटना : घाइतेहरुको नि:शुल्क उपचारको व्यवस्था मिलाउन प्रचण्डको माग



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको नि:शुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनाको खबरले मर्माहत भएको भन्दै प्रचण्डले उनले उक्त बस दुर्घटनाको कारण पत्ता लगाउन र बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह पनि गरेका छन् ।

आज शोक वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘दुर्घटनामा परी निधन हुनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु । दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नि:शुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछु ।’

उनले बस दुर्घटनाको खबरले आफू मर्माहत भएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : ५१ बजे