Logo

स्वास्थ्य

शिविरबाट कैलालीमा १५४ जनाको आँखा शल्यक्रिया



धनगढी । गेटा आँखा अस्पतालले कैलालीको लम्कीमा आयोजना गरेको आँखा शिविरबाट १५४ जनाको ज्योती फर्काएको छ ।

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र नेपाल बालबालिका सहायता कार्यक्रमको आयोजनामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार १२९ जना आँखाका बिरामीले सेवा लिएका थिए ।

१ हजार १२९ जनाको आँखाको जाँच गरिएकोमा १५४ जनाको आँखाको सल्यक्रिया गरिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए । १५३ जनाको आँखामा मोतियाबिन्द र एकजनाको ट्रकोमाको शल्यक्रिया गरिएको हो ।

कैलालीको लम्की चुहा नगरपालिका वा नम्बर ३ बलचौरमा सञ्चालित चालित आँखा शिविरमा ४६७ जना आँखाका बिरामीलाई निःशुल्क चश्मा उपलब्ध गराईएको छ भने ५०८ जना आँखाका रोगीको निःशुल्क औषधि उपचार गरिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ३६ बजे