Logo

समाचार

मंसिर २३ गते शुक्रबार, यस्तो छ आजको राशिफल



आजको पात्रो : २३ मंसिर २०७९, शुक्रबार । तद्नुसार ९ डिसेम्बर २०२२ । पौषकृष्णपक्ष प्रतिपदा, कौलव करण, मृगशिरा नक्षत्र, शुभ योग, चन्द्रमा मिथुन राशिमा रहेको छ ।

आज सूर्योदय ६ः४४ मा र सूर्यास्त ५ः१० मा हुनेछ । बिहान १०ः३९ देखि ११ः५७ सम्म राहुकाल रहेको छ । आजका देवता लक्ष्मी र ग्रहदेव सूर्य हुन् । आजको दिन यात्राका लागि शुभ रहेको छ । आज कलात्मक, मनोरन्जनात्मक कार्यका लागि समय उत्तम रहेको छ । व्यापारमा गरेको लगानीको प्रतिफल प्राप्त हुन अलि कठिन हुनेछ । विलासिताका सामान खरिद गर्न राम्रो हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा सफलता प्राप्त हुन सक्नेछ । आजको दिन नजिकको शिवालयको दर्शन गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – व्यापारमा हुनुहुन्छ भने अर्थलाभले वृष राशि भएका जातकका लागि खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । आज परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्छन् ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । नियमित कामबाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – आजको दिन शुभ छ । आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा हुने काम नगर्नु होला । सामाजिक सेवाको काममा लाग्नु होला । मानसम्मान मिल्नेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – आज परिवार र सहकर्मीबाट साथ सहयोग प्राप्त हुनेछ । जे सोचेर काम गर्नुभएको छ त्यो सफलता मिल्नेछ । कसैसँग वादविवाद हुने काम नगर्नुहोला । बिहान सूर्योदयको दर्शन गरेर काम शुरुवात गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन मौन र देवालय, शिवालय यात्राले निकै खुसी तुल्याउने छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – कन्या राशिका जातकका लागि आजको दिन मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन केही खानेकुरा बालक र बृद्ध व्यक्तिलाई दिनुभयो भने अनावश्यक आरोप रोकिन सक्छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) – आजको दिन शुरु गरेको काम सफल हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । तपाईले सेवा गरिरहेको क्षेत्रबाट अर्थलाभ हुनेछ । परिवारका सदस्यबीच विवाद हुनसक्छ । मौन रहनु राम्रो हुनेछ । कसैसँग विवाद हुने कुनै काम नगर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । दुःखी व्यक्तिलाई खान दिने र बालबालिकालाई अध्ययन सामग्री दिनुभयो भने हर्ष छाउनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्योदयको दर्शन गरी दिनको काम शुरुवात गर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – मीन राशिका जातकले आज सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । अध्यापन, लेखनमा रुचि बढ्नेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन सामाजिक क्षेत्रमा गर्नुभएको कामले भविष्यमा सफलता मिल्नेछ । कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दान गर्नु राम्रो हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : २२ बजे