Logo

मुख्य समाचार

खानेपानीमन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित



बारा । खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ०६ बजे