Logo

मुख्य समाचार

बर्दिया–१ बाट कांग्रेसका सञ्जयकुमार गौतम विजयी



काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सञ्जय कुमार गौतम विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई झन्डै साढे चार हजार मतले हराउँदै गौतम विजयी भएका हुन् ।

अन्तिम मत परिणामअनुसार कांग्रेसका गौतमले ३०६११ मत ल्याएका छन् भने एमालेका ज्ञवालीले २६१५५ मत ल्याएका छन् । उनीहरूको मत अन्तर ४४५६ छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ५८ बजे