Logo

मुख्य समाचार

महोत्तरीमा मतपेटिकाभित्र मतदाताको पत्र : भ्रष्ट नेता भएको हुनाले मत दिन सकिन



महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा मतगणना गर्ने क्रममा मतदाताको पत्र फेला परेको छ । पत्रमा ती मतदाताले शैक्षिक योग्यता र उमेरको हद लागू गर्नुपर्ने माग राखेका छन् ।

त्यस क्षेत्रमा उम्मेदवारी दिने सवै नेताहरू भ्रष्ट भएको हुनाले आफूले मत दिन नसकेको उनले पत्रमा उल्लेख गरेका छन् ।

सानो अर्धकट्टीमा लेखिएको उक्त पत्रमा जन्ता मत खसाल्न बाध्य भएको हुनाले मत हालेको उल्लेख गरेका छन् ।

अर्को निर्वाचनमा उम्मेदवारहरूको उमेर र शैक्षिक योग्यता निर्धारण गर्न पनि उक्त मतदाताले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगले उक्त अर्धकट्टी पत्रलाई खामबन्दी गरेर राखिएको थियो । संचारकर्मीलाई निर्वाचन आयोगले फोटो खिच्न भने दिएन ।

यस्तो थियो पत्रमा लेखिएको

यस क्षेत्रमा उम्मेदवारी दिएका सवै नेताहरू चोर छन् । जनता मत खसाल्न बाध्य छन् । म त्यसैले अर्को चुनावदेखि निर्वाचनमा शैक्षिक योग्यता र उमेरको हद पनि लागू हुनुपर्‍यो । भनेर म आम नागरिकवाट यश पत्रद्वारा निर्वाचन आयोगलाई विनम्र अनुरोध गर्दछौं ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ५६ बजे