Logo

मुख्य समाचार

झापा – २ मा एमालेका देवराज घिमिरेको फराकिलो अग्रता



काठमाडौं । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेको अग्रता फराकिलो बन्दै गएको छ ।

पछिल्लो मतगणनाको अपडेट अनुसार घिमिरे ९२३ मतका साथ अग्रस्थानमा छन् भने दोस्रो स्थानमा गठबन्धनबाट माओवादी उम्मेदवार हरिकुमार राना ५९४ मतसहित पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार स्वगत नेपालले ४९८ मत पाउँदा घण्टी उम्मेदवार रुद्रप्रसाद गिरीले २९६ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : ५७ बजे