काठमाडौं । आर्सनलले उल्भ्समाथि २–० को जितसहित इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ ।
शनिबार सम्पन्न खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ को नतिजा सुम्पिएसँगै आर्सनलसामु अग्रता बढाउने अवसर जुरेको थियो । माइकल अर्टेटाको टोली सो अवसरको सदुपयोग गर्न सफल भयो ।
५५औ मिनेटमा मार्टिन ओडीगार्डले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । ७५औं मिनेटमा ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए ।
आर्सनल १४ खेलमा ३७ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको सिटीभन्दा ५ अंक बढी हो । जारी सिजन आर्सनल प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्ने क्रममा १३ मध्ये १४ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । एक खेलमा भने आर्सनल पराजित भएको थियो ।
प्रतिक्रिया