Logo

मुख्य समाचार

आज वसन्तपुरमा राप्रपाको चुनावी सभा, राजेन्द्र लिङ्देनदेखि मनिषा कोइरालाले सम्बोधन गर्ने


२५ कार्तिक २०७९, शुक्रबार  

368
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ ।

चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो ।

सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा,  प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अभिनेतृ मनिषा कोइरालाले समेत सभामा सम्बोधन गर्ने कार्यक्रम छ । मनिषाले पनि ट्वीट गरेर यसबारे जानकारी दिएकी छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : ४४ बजे