Logo

मुख्य समाचार

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना


२४ कार्तिक २०७९, बिहिबार  

483
Shares

काठमाडौं । हाल देशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

शुक्रबार पनि देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ६ : १३ बजे