Logo

समाचार

अम्मर सिंह पुनलाई भोट किन र केका लागि दिने ? के–के छन् घोषणापत्रमा मुख्य एजेन्डा ?



रोल्पा । नेपाली कांग्रेस रोल्पाका एक उच्च छवि भएका नेता हुन अम्मरसिंह पुन । उनी लामो समय देखि नेपाली कांग्रेस पार्टी रोल्पाको नेतृत्व गर्दै आएका प्रखर वक्तता हुन । देशमा परिवर्तन गर्नको लागि भएका राजनीतिक परिवेशमा पनि पुनको ठूलो संघर्ष, योगदान र लगानी रहेको छ । उनले नेपाली कांग्रेस रोल्पामा संघर्ष गरे । जसले प्रजातन्त्र र राष्ट्रियताका लागि सधैं आफूलाई पहरेदारको रूपमा उभ्याए । सधैं युवाहरूको सच्चा प्रतिनिधि बनी रहे । लोभ लालच र अनियमितताको कट्टर विरोध गरी रहे ।

पार्टीको साख बचाउन हरदम लडिरहे । जसलाई तपाईं हामीले कांग्रेसको भविष्यको रूपमा देखेका छौँ । उसलाई एक मत किन नदिने । पुन अहिले प्रदेश सभा निर्वाचन–२०७९ को लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाठ प्रदेश सभा ‘ख’का प्रत्यक्ष उमेद्वार हुन । रोल्पामा चार दलीय अन्तर्गत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन रहेको छ ।

अम्मर सिंह पुनलाई भोट किन ? के–के छन् ? पुनका एजेन्डाहरु

कृषि :

१. खाद्यान्न उत्पादकत्वमा वृद्धि
२. तरकारी, फलफूल, माछा, मासु, दुध तथा मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर,
३. नगदे बाली र जडिबुटीको निर्यात दोब्बर,
४. खाद्य असुरक्षा सूचकांकमा प्रगति,
५. भूउपयोग नीति अनुसार भूमिको वर्गीकरण
६.कृषि मल कारखाना स्थापना ।

पर्यटन :

१. वार्षिक २० लाख पर्यटन, २० दैनिक पर्यटक खर्च १०० डलर र ३० कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ५ प्रतिशत ।

वातावरण :

१. सन २०४५ सम्म शून्य कार्बन (नेट जिरो) लक्ष्य अनुरुप हरित अर्थतन्त्र रोडम्याप प्रारम्भ
२. विद्युतीय सवारी साधन र चुलोको प्रयोग ५० प्रतिशत
३. वन ढाकेको क्षेत्रफल ४७ प्रतिशत
४. जलवायु परिवर्तन अनुसन्धान केन्द्र स्थापना ।

पूर्वाधार :

१. आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसंख्या ७५ प्रतिशत
२. सुरक्षित घरमा बसोबास गर्ने परिवारको संख्या ५५ प्रतिशत
३. राष्ट्रिय गौरवका सबै निर्माणाधीन आयोजनाहरु सम्पन्न ।

प्रविधि :

१. निर्यातमुखी डिजिटलाइजेशन लगायत सूचना संचार क्षेत्रमा २ लाख युवा संलग्न
२. टेलिमेडिसिन केन्द्रको स्थापना र सातै प्रदेशमा सूचना ज्ञान पार्क स्थापना
३. सबै स्थानीय तहलाई उच्च गतिको ईन्टरनेट नेटवर्कको पहुँच ।

उर्जा :

१. विद्युतीय उर्जाको उत्पादन १० हजार मेगावाट,
२. प्रति व्यक्ति विद्युतीय उर्जा खपत १२०० युनिट ३. ४०० के.भि.को पूर्व–पश्चिम प्रसारण लाइन सम्पन्न।

उद्यम :

१. पाँच बर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी,
२. न्युनतम वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि,
३. ‘ओम्निवस’ आर्थिक सुधारको नयाँ चरण
४. अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५.६ प्रतिशत बाट ९ प्रतिशत ।

स्वास्थ्य

१. ३/७३:३ बर्ष मुनि र ७३ माथीका नागरिकलाई नि:शुल्क उपचार
२. नसर्ने रोगबाट हुने मृत्युदर एक तिहाइ
३. औसत आयु ७३ बर्ष
४. मातृ मृत्युदर ८०(प्रति १ लाख जिवित जन्म)
५. स्वास्थ्य बिमित हुने संख्या १०० प्रतिशत
६. बाल कुपोषण (पुड्कोपना) २० प्रतिशत ।

शिक्षा :

१. सिकाई संकटको मापन संस्थागत गर्ने
२. महिला (१५/२८ बर्ष) साक्षरता दर ९५ प्रतिशत
३. इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था ८० प्रतिशत
४. कक्षा ११ मा भर्ना हुने दर कम्तीमा ५० प्रतिशत
५. पाठयक्रममा प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत ।

संस्कृति :

१. स्रष्टा–सर्जकहरुको वृत्ती–विकास
२. प्रदेश स्तरीय सांस्कृतिक संग्रहालय एवं आदिवासी–जनजातिहरुको भाषा, साहित्य, संस्कृतिको संरक्षण र सम्बर्द्धन
३. उदयमान तथा व्यावसायिक खेलाडीहरुमा व्यापक लगानी ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : १२ बजे