Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८१ वैशाख ११ गते, मंगलबार २३ अप्रिल २०२४। चैत्र शुक्लपक्ष पूर्णिमा तिथि। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, ९ः१९ बजेपछि तुला।

मेष
नयाँ कामको प्रस्ताव आउने सम्भावना छ। काममा साथ दिनेहरू पनि प्रशस्त फेला पर्नेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ।

वृष
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन सकिनेछ।

मिथुन
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ।

कर्कट
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला। केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ।

सिंह
नयाँ काम प्रारम्भ गर्ने समय छ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। पहिले लगानी गरिएको व्यवसायमा मनग्य धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ।

कन्या
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। नहुने काममा बलजफ्ती प्रयत्न गर्दा नयाँखाले समस्या आउन सक्छन्। बुद्धिको उपयोग तथा सावधानीले समस्याबाट बच्न सकिनेछ।

तुला
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। नतिजामा सुधार ल्याउन काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ।

वृश्चिक
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

धनु
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

मकर
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा पनि परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ।

कुम्भ
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।

मीन
समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ०३ बजे