Logo

खेलकुद

टी–२० विश्वकपका ब्रान्ड एम्बास्डर बने युवराज सिंह


१४ बैशाख २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ ।

टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदै छ ।

उक्त प्रतियोगिताको प्रचार प्रसारका लागि सिंहलाई ब्रान्ड एम्बास्डर बनाएको हो ।

भारतीय टोलीका पूर्व अलराउन्डर सिंह सन् २००७ को टी–२० विश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान कायम गरेका थिए भने पहिलो विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

आइसीसीले ब्रान्ड एम्बास्डर बनाएपछि सिंहले टी–२० विश्वकप क्रिकेटमा जोडिन पाउँनु नै सम्मानको कुरा भएको बताएका छन् ।

 टी २० विश्वकपमा नेपालले पनि खेल्दै छ । नेपाल समूह डीमा रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : ११ बजे