Logo

मुख्य समाचार

पहाडी क्षेत्रमा वर्षाको सम्भावना


२० कार्तिक २०७९, आइतबार  

299
Shares

काठमाडौं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

राति गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनीका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने ठानिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : ३१ बजे