Logo

गण्डकी प्रदेश

मनाङमा हेलिकोप्टरमार्फत मतपत्र ढुवानी


१८ कार्तिक २०७९, शुक्रबार  

0
Shares

लमजुङ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा मतपत्र पुगेको छ । बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत मनाङमा मतपत्र पुर्‍याइएको हो ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिए । कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको आचार्यले बताए ।

प्रदेशसर्भा -१ को समानुपातिकतर्फ तीन हजार पाँच सय र प्रदेशसभा-२ का लागि पाँच हजार पाँच सय समानुपातिक मतपत्र आएको उनले बताए ।

गत निर्वाचनमा कुल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कुल ६ हजार सात सय ७९ मतदाता छन् ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ५४ बजे