Logo

मुख्य समाचार

आज यी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना


१८ कार्तिक २०७९, शुक्रबार  

368
Shares

काठमाडौं । आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ ।

महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : २९ बजे