Logo

मुख्य समाचार

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग मानुषीले मागिन् भोट


१६ कार्तिक २०७९, बुधबार  

230
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ की प्रतिनिधि सभा सदस्य उम्मेदवार मानुषी यमी भट्टराईले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग भोट र आशीर्वाद मागेकी छन् ।

मानुषी शाक्यसँग भोट र आशीर्वाद माग्न बुधबार बिहान नेता शाक्यको काठमाडौं–७ स्थित निजी निवासमा पुगेकी हुन् । सत्ता गठबन्धनका सहयोगमा उनी माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनाव लड्दैछिन् ।

‘काठमाडौं–७ मा एमाले नेतृ आदरणीय अष्टलक्ष्मी शाक्यको घरमा उहाँसँग मत मागेर भलाकुसारी समेत गर्यौ । उहाँसँग आशीर्वाद र शुभकामना लिएका छौँ’, शाक्यसँग भेटको तस्विर राख्दै मानुषीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ‘स्वस्थ प्रतिस्पर्धा हाम्रो राजनीतिक संस्कार हुनुपर्छ ।’

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : २७ बजे