Logo

मुख्य समाचार

आज यी प्रदेशमा वर्षाको सम्भावना


१६ कार्तिक २०७९, बुधबार  

552
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यत: सफा रहेको छ ।

आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि आंशिक बदली रहने छ ।

भोलि पनि प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ६ : २५ बजे