Logo

Breaking News 1

निर्वाचन आयोगविरुद्धका दुई रिटमा आज सुनुवाइ हुने


१५ कार्तिक २०७९, मंगलबार  

483
Shares

काठमाडौं । निर्वाचन आयोगविरुद्ध परेका दुई रिटबारे आज सुनुवाइ हुने भएको छ । ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको छ ।

सोमबार अधिवक्ता अनील आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए । रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रता सम्बन्धी गरेको व्यवस्था विपरीत आयोगले ‘नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ ।

त्यसैगरी उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा तोसिमा कार्कीको रिट पनि आज पेसीमा राखिएको छ । उनको रिटमाथि पनि आजै सुनुवाइ हुने भएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : ३३ बजे