Logo

धर्म / संस्कृति

आज भाइटीका, टीकाको साइत बहिान ११: ३७ मा


१० कार्तिक २०७९, बिहिबार  

506
Shares

काठमाडौं । कार्तिकशुक्लपक्ष द्वितीया, तिहारको पाँचौ दिन आज भाइटीका हो । दिदीबहिनीहरुले दाजुभाइको आयु, आरोग्य र सुस्वास्थ्यको कामना गर्दै सप्तरंगी टीका लगाइदिने पर्व तिहार नेपालीको दोस्रो ठूलो पर्व हो । आज भाइटीकाको साइत बिहान ११:३७ मिनेटमा जुरेको छ ।

आजको दिन टीका लगाइदिने ब्यक्ति पूर्व र लगाउने व्यक्ति पश्चिम फर्केर टीका लगाउन सकिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ७ : ४१ बजे